झापामा आगोले जलेर एक जनाको मृत्यु

न्युजलय ७ चैत २०८०, बुधबार ०२:४९ मा प्रकाशित

झापा । झापाको गौरीगञ्ज गाउँपालिका–१ बिर्खेबस्तीमा आगोले जलेर एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय निलकन्ठ घिमिरे रहेका छन् । बुधबार (आज) बिहान तरकारी खेतीमा माथिबाट छोपेको परालमा अचानक आगलागी हुँदा घिमिरेको आगोले जलेर घटनास्थलमै मृत्यु भएको हो ।

कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली खटिएर शव पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाइएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।