नेप्से परिसूचक ६९ अंकले घट्यो

न्युजलय ३२ असोज २०७८, सोमबार ०३:२४ मा प्रकाशित


काठमाडौं । बैंकको ब्याजदर वृद्धिको असर शेयर बजारमा देखिएको छ । यसको नकरात्मक असर अनुरुप शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । 

नेप्से परिसूचक ६९ दशमलव ५१ अंकले घटेर २ हजार ५ सय ८७ दशमलव ४५ अंकमा झरेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४३ अंकले घटेको छ ।

सोमबार (आज) दिनभर भएका ४० हजार ४ सय १ कारोबारबाट ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँमा रोकिएको छ ।