मोरङ । मोरङको बेलबारीबाट करिब साढे आठ लाख रूपैयाँ बराबरको चादीका गहना बरामद भएको छ ।
मोरङ सशस्त्र प्रहरीको टोलीले बेलबारीको बाहुनीबाट ३८ वर्षीय विजय खत्रीको साथबाट ८ लाख ७४ हजार बराबरको चादीको गहना बरामद भएको हो ।
कानेपोखरी गाउँपलिकाका खत्रीको साथबाट प्रहरीले १७ केजी नौ सय ६० ग्राम चाँदीको गरगहना फेला पारेको हो ।
सशस्त्रका अनुसार प्रदेश १–०२–०४९ प ७००२ नम्बरको मोटरसाइकल सवार खत्रीबाट १२ केजी दुई सय ११ ग्राम चाँदीको गरगहना फेला परेको थियो।
त्यसपछि, उनकै सूचनाका आधारमा प्रहरीले सोही स्थानको एउटा घरमा लुकाई राखेको अवस्थामा थप ५ किलो ७ सय ४९ ग्राम चाँदीको तयारी गरगहना सुरक्षा बेस बाहुनी र सुरक्षा बेस लक्ष्मीमार्गबाट खटिएको सुरक्षा फौजले बरामद गरेको थियो ।
हाल उनलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।