नेपाल ओमानसँग पराजित

न्युजलय २७ जेठ २०७९, शुक्रबार ०१:४८ मा प्रकाशित

काठमाडौं । ओमनसँगको खेलमा नेपाल १३ रनले पराजित भएको छ । बिहीबार राति अमेरिकामा जारी  खेलमा ओमनसँग हार बेहोरेको हो ।

 नेपालले पहिलो पारीबाट २१२ रनको लक्ष्य पाएको थियो। सो लक्ष्य पछ्याउने क्रममा नेपाल दुई बल बाँकी रहँदै सम्पूर्णविकेट गुमाएर १९८ रनमा समेटिएपछि ओमनले जित निकालेको हो।

ओमनको जितका लागि जिसन मक्सुद र खवार अलिले समान ३–३ विकेट लिए भने बिलाल खानले दुई विकेट लिएका थिए।

त्यसक्रममा नेपालको ओपनिङ बलियो रहन सकेन। सुनिल धमला १२ रनमै आउट भए भने सुवास खकुरेलले पनि ३ रन मात्र बनाउन सके।

यता मध्यक्रममा देव खनालले ३४ रन बनाउँदा आरिफ शेखले ६६ रनको योगदान दिएका थिए।

त्यस्तै, रोहित पौडेलले २० रन बनाए पनि नेपालाई जित दिलाउन त्यो रन पर्याप्त रहेन। पहिलो पारीमा ओमनले आठ विकेट गुमाएर २११ रनक जोडेको थियो। त्यसक्रममा जिसन सक्सुदले अविजित १०४ रनको सतकिय पारी खेलेका थिए। उनले १२६ बलमा १२ चौकाको सहयोगमा सो रन जोडेका हुन्।

खवार अलिले पनि ३० रन बनाएका थिए। नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए भने करण केसीले पाँच विकेट गिराएका थिए। करणले १० ओभर बलिङ गर्दै ३८ रन दिएर पाँच विकेट लिएका हुन्।

नेपालले अबको खेलमा अमेरिकासँग खेल्ने छ। परल्यान्ड मैदानमा सो खेल भोलि राति सवा ९ बजेबाट सुरु हुनेछ।