इटहरी । बराह बचत तथा ऋण सहकारी संस्था धरान ८ को १२ औंं बार्षिक साधारणसभा आज धरान ८ स्थित बराह सपिङ्ग कम्प्लेक्सको तेस्रो तलामा सम्पन्न भएको छ ।
मान बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका संचालक सदस्य श्री शिव कुमार डांगी विशेष अतिथि बराह ग्रुपको अध्यक्ष श्री शिव कुमार लामिछाने विक अतिथिहरु पत्रकार महासंघ सुनसरीका अध्यक्ष श्री जनक ऋषी राई, जिल्ला सहकारी संघ लि।को संचालक सदस्य चन्द्र सुवेदी, राष्ट्रिय सहकारी बैक धरानका प्रमुख सम्झना दाहालको उपस्थिती र यस संस्थाको सदस्यहरुबीच व्यवसायिक खुल्ला शत्र र बन्द शत्र कार्यक्रम सम्पन्न भएको छ ।
“हामी सबैको बराह आर्थिक उन्नतीको सहारा” भन्ने मूल नाराका साथ सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरी इनरुवामा सहकारी ऐन २०४८ परिमार्जित २०७४ बमोजिम सुनसरी जिल्ला धरान उपमहानगरपालिकामा मिति २०६६ साल भाद्र २१ भई सुन्दर नगरी धरान उपमहानगरपालिकामा स्थापना भएको यस संस्थाले आर्थिक रुपमा पछाडि रहेका वर्ग र समुदायहरुलाई आर्थिक क्रियाकलापको मूल धारमा ल्याउने र उत्पादनको क्षेत्रमा लगानी गरी शेयर सदस्यहरुलाई आर्थिक रुपमा सफल र स्वरोजगार बनाउने उद्देश्य र परिकल्पनाका साथ स्थापित भएको यस बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीका सिद्धान्त, मूल्य र मान्यतालाई पूर्ण रुपमा अनुसरण गर्दै १२ औं बार्षिक साधारणसभा सम्म आई पुग्दा संस्थामा हाल ५११७ जना शेयर सदस्य बनाउन सफल भएको छ । संस्थाले आ.व. २०७७÷०७८ मा शेयर रकम रु.१०,२९,१६,५००।–पु¥याइएको छ । जगेडा कोषमा रु. ३,२८,८०,९८७.४३ निक्षेप संकलन रु.७२,१९,८४,६४४.३४ ऋण लगानी रु.७९,३२,४४,८२९.८७ गरेको छ ।
यसै गरी संस्थाले आ.व. २०७७÷०७८ मा खुद मुनाफा रु. ३,६७,३२,३४३.८० बनाउन सफल भएको थियो भने १२ औं वार्षिक साधारणसभामा कार्यक्रममा संरक्षित पूँजी फिर्ता कोष र शेयर लाभांश कोष गरी जम्मा १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको छ । खुल्ला सत्रको कार्यक्रम संचालन संस्थाको व्यवस्थापक दातेन्जी शेर्पाले गरेका थिए भने कार्यक्रम समापन संचालक सदस्य गंगा बहादुर कालिकोटेले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिव कुमार डांगीले भनेको हालको तरलता एवम् वित्तीय संकट बराहको मात्र नभई देश र विश्वकै भएको हो र हाल वित्तीय संकट विश्वमा तेस्रो माहामारीको रुपमा देखा परेकोले सम्पूर्ण सहकारी कर्मी शेयर सदस्यहरु एकजुट र संयमित भई सहकारीको ऐन, नियम र सिद्धान्तमा रही कार्य सम्पादन गर्नु नै आजको आवश्यकता हो भन्दै राष्ट्रिय सहकारी महासंघ नेपालको ‘‘मर्यादित व्यवसाय र प्रविधीमा सहकारी” भन्ने नारालाई वाचन गर्दै शुभकामना व्यक्त गरेका थिए ।
विशेष अतिथि र अतिथिहरुले सान्दर्भिक भनाई र शुभकामना मन्तव्य राखेका थिए । यसैगरी १२ औं बार्षिक साधारणसभा कार्यक्रमको अवसरमा संस्थाले आफ्नो फिल्ड कर्मचारीहरुलाई विभिन्न शिर्षकहरुमा नगद तथा पुरस्कारद्वारा सम्मान गरेको छ । जसमा सर्वाधिक निक्षेप संकलनकर्ता ३ जना सकृय अभियान्ता ११ जना र बराह प्रोत्साहन पुरस्कार ५ जनालाई सम्मान गरेको थियो ।