घट्यो सुनको मूल्य

न्युजलय १४ कार्तिक २०७८, आइतबार ११:२७ मा प्रकाशित

काठमाण्डौ । आइतबार(आज) सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै, आजका लागि तेजाबी सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको प्रतितोला मूल्य १२ सय ४० रुपैयाँ कायम छ ।