रन वेमा दौडिरहेको नेपाल एयरलाइन्सको दुवै टायर एक्कासी पड्किएपछि....

न्युजलय १८ चैत २०७८, शुक्रबार ०८:२४ मा प्रकाशित

काठमाडौं । नेपाल एयरलाइन्सको जहाज थाइल्यान्डमा ठूलो दुर्घटना हुन बाट बचेको छ । काठमाडौंका लागि उड्न तयार भएको जहाज रन वेमा दौडिरहेका बेला एक्कासी दुवैतर्फका टायर पन्चर भएका थिए ।


जहाजमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य भुषण राजलवटका अनुसार पाइलटको अत्यन्त सुझबुझका कारण जहाज ठूलो दुर्घटनाबाट बचेको छ ।


“जहाज दौडिरहेको थियो,” उनले भने, “दुवैतर्फका टायर पन्चर भएको पाइलटलाई जानकारी भएछ उहाँले रोक्नुभयो । हामी ठूलो दुर्घटनाबाट बच्यौँ ।”


उनका अनुसार सबै यात्रुलाई बाहिर निकालिएको छ भने जहाज मर्मतपछि काठमाडौं ल्याउने तयारी गरिएको छ ।


नेपाल एयरलाइन्सको आर ए ४०२ दुर्घटनाबाट बचेको हो ।