धरान । धरान उपमहानगरपालिका कार्यालयको छतबाट एक युवा खसेका छन् ।
विहीबार साँझ तीन तला माथिबाट खसेका उनको अवस्था गम्भीर रहेको बताइएको छ । उपमहानगरपालिकामा भएको मौलो पूजामा सहभागी हुन आएका धरान १५ का २३ वर्षीय अमृत मरिकले हाम फालेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।
नगरपालिकामा कर्मचारीहरू आउनेक्रममा कर्मचारीकै आफन्त रहेका उनी खसेका हुन् कि आफै हाम फालेका हुन्, खुलिसकेको छैन ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उनको उपचार भइरहेको छ ।