झापा । झापामा एक विद्यार्थीमाथि गोली प्रहार भएको छ । कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्दा उनीमाथि गोली प्रहार भएको हो ।
स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कँदै गर्दा १८ वर्षीय एरिना अधिकारीलाई गोली प्रहार भएको भनिएपनि प्रहरीले भने गोली लागेको पुष्टि भइनसकेको जनाएको छ ।
आवाज आएको हो तर के को भन्ने निश्चित छैन । घाइतेलाई स्थानीय अस्पताल लगिएको र अवस्था सामान्य भएको प्रहरीले जनाएको छ ।