राजेन्द्र केशरीको अध्यक्षतामा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको सुनसरी जिल्ला कार्य समिति घोषणा

न्युजलय ३० माघ २०७८, आइतबार ०२:१७ मा प्रकाशित

इटहरी । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको व्यवसायिक भेला तथा सुनसरी जिल्ला कार्य समिति घोषणा कार्यक्रम सम्पन्न भएको छ । शनिबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

 

कार्यक्रमबाट अध्यक्षमा राजेन्द्र केशरी घिमिरे, उपाध्यक्षमा फणिन्द्र पौडेल र काजी गिरी, सचिवमा पुष्प कार्की, उपसचिवमा उमानाथ दाहाल (उमेश), कोषाध्यक्षमा रमेश श्रेठ, सहकोषाध्यक्षमा सुभेक्षा अधिकारी चयन भएका छन् । 


यसैगरी, सदस्यहरुमा सुरेश कार्की, बेदनाथ भेट्वाल, लिलन राई, अनिता निरौला तिम्सिना, दिपक घिमिरे, गणेश सुबेदी, विनोद घिमिरे, सुवास गौतम, दिनेश धमला, दुर्गा थापा, बिमला लम्साल र किसन खेडिया चयन भएका छन् ।  


यस्तै कार्यक्रममा इटहरी उपमहानगर कमिटि अध्यक्ष बजरङ्गलाल अग्रवाल, सचिव केशव रिमाल लगायतको उपस्थिति रहेको थियो ।