बसको ठक्करबाट इटहरीका श्रेष्ठको मृत्यु

न्युजलय १४ चैत २०८०, बुधबार ११:१५ मा प्रकाशित

इटहरी ।  इटहरीमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो इटहरी–१० संविधान चौकस्थित राजमार्गमा इटहरीबाट विराटनगर जाँदै गरेको मे १ ख २७३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २९ प ४७६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इटहरी–५ का ३७ वर्षीय भोजकुमार श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

उनकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि कोसी अस्पताल विराटनगरमा उपचारको लागि लगिएको थियो । अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रहरीले बस र चालक बिर्तामोड–४ का ५९ वर्षीय बद्रीनारायण पाण्डेलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।