इटहरी । सुनसरीमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको आरोपमा उनका छोरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान –११ कुविर्ताचोकका २८ वर्षीय दीपक राई छन् । उनलाई अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले सोमवार राति पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दीपकले मादक पदार्थ सेवन गरेर कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएकी थिइन् । उनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।