काठमाडौं । भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । साविक विजेता भारतले शनिबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई ९-० ले पराजित गरेपछि भारतसँगै बंगलादेश पनि सेमिफाइनल पुगेका हुन् ।
बंगलादेशले शनिबार नै पाकिस्तानलाई ६-० ले हराएर लगातार दोस्रो जित निकालेको थियो ।
भारत र बंगलादेशले लगातार दुई खेल जित्दै समान ६ अंक जोडेका छन् । गोल अन्तरमा भारत पहिलो र बंगलादेश दोस्रो स्थानमा छ ।
अब भारत र बंगलादेशबीच हुने खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।