प्रदेश १ मा आज थप १०३ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

न्युजलय ३१ असोज २०७८, आइतबार ११:४९ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।


९११ जनाको पीसीआर परीक्षण गर्दा १०३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा ५५, झापामा १९, सुनसरीमा १५, इलाममा ७, उदयपुरमा ५ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।


प्रदेश १ मा आज १०६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३५ महिला र ७१ पुरुष रहेका छन् ।


पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।