नेपाली राष्ट्रिय महिला भलिवल टोलीद्वारा माल्दिभ्स पराजित

न्युजलय ९ पुस २०७८, शुक्रबार ०८:०५ मा प्रकाशित

काठमाण्डौ ।  बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत आज भएको महिलातर्फको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।

बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । 

नेपाले माल्दिभ्समाथि पहिलो सेट २५–११, दोस्रो सेट २५–९ तथा तेस्रो तथा अन्तिम सेट २५–५ ले जीत निकाल्यो ।

यसअघि हिजो भएको पहिलो खेलमा भने नेपालले श्रीलङ्कालाई ३–२ को सेटमा पराजित गरेको थियो । लगातार दोस्रो जीतसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

अब नेपाली महिला टोलीले भोलि आयोजक बङ्गलादेशसँग खेल्नेछ । महिलातर्फको खेलमा विभिन्न छ राष्ट्र सहभागी छन् । जसमा आयोजक बङ्गलादेशसहित नेपाल, कीर्गिस्तान, माल्दिभ्स, श्रीलङ्का र उज्वेकिस्तान रहेका छन् ।