इटहरी । इगल टेक नेपाल तथा साइनटेक इटहरीको आयोजनामा इटहरीमा एक दिने टेक्निसियन तालिम सम्पन्न भएको छ ।
आइ टि सँग सम्बन्धित टेक्निसियनहरूको उपस्थितिमा भएको तालिममा अबको सुरक्षा चुनौतिलाई कसरी समाधान गर्ने, सिसिटिभी क्यामेरामा प्रयोग भएको ए आइ फिचरको प्रयोगले कसरी घटना न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा युएनभि कम्पनिका आइटि इन्जिनियर नारायण गैरेले प्रशिक्षण दिएका थिए । कार्यक्रममा ५० भन्दा बढी टेक्निसियनको उपस्थिति रहेको साइनटेक इटहरीका निर्देशक नवराज सुवेदिले जानकारी दिएका छन् ।
तालिममा इगलटेक नेपालका डाइरेक्टर मोहन ढुंगानाकोसमेत उपस्थिती रहेको थियो ।