काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ शुक्रवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १६ लाख कित्ता आईपीओ सुचीकृत भएको हो ।
अब कम्पनीको शेयर कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । कम्पनीले ५ लाख २२ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको र १० लाख ७८ हजार कित्ता शेयर संस्थापकहरुको लगानी सहित कुल १६ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
कम्पनीले पहिलो कारोबारको लागि नेप्सेबाट प्रतिकित्ता रू. १६४ दशमलव ६० देखि ४९३ दशलमव ८० मूल्य तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।