मोरंगको ग्रामथान गाउँपालिका अध्यक्षको निधन

न्युजलय ३ असार २०८१, सोमबार ०४:२४ मा प्रकाशित

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । उनी १० माघमा ब्रेन ह्यामरेज भएर थलिएका थिए । 


अध्यक्ष गच्छदारको सोमबार दिउँसो निधन भएको हो । स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट अध्यक्षमा निर्वाचित भएका थिए ।


माझीका अनुसार गच्छदारको मंगलबार अन्तिम संस्कार गरिनेछ ।  


अध्यक्ष बिरामी भएपछि चार महिनायता उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहेकी छिन् ।