भेडेटारमा ५४४ किलो गाँजा बरामद

न्युजलय २६ चैत २०८०, सोमबार ११:३४ मा प्रकाशित

विराटनगर ।  धनकुटाको भेडेटारमा तरकारी बोक्ने मिनीट्रकमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आइतबार राति धनकुटाको साँघुरीगढी गाँउपालिकामा पर्ने भेडेटारमा तरकारी लोड गरी रोकिराखेको को १ ख ३२९४ नम्बरको मिनीट्रकबाट ५ सय ४४ किलोग्राम लागुऔषध गाँजा बरामद भएको हो।

प्रहरीका अनुसार तरकारीको बोराभित्र प्लाष्टिकमा प्याक गरी लुकाइ राखिएको अवथामा गाँजा बरामद भएको हो।

प्रहरीले गाँजासहित मिनीट्रक नियन्त्रणमा लिएपनि चालक फरार भएका छन्। सब्जी बोक्ने सवारीमा गाँजा ओसारपोसार हुँदै आएको सूचनाका आधारमा प्रहरीले राति चेकजाँच गरेको थियो।