काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.२९ अंकले घटेर २६७२.५७ विन्दुमा पुगेको छ।
साताको सुरुदेखि नै बजार ओरालो लागिरहेको छ। बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ। बुधबार ४ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँमा सीमित भयो।
आज ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो। सबै समूहगत सूचक राताम्मे भए।