दशैंमा एटीएमबाटै सयको नयाँ नोट पाइने

न्युजलय २१ असोज २०८३, बुधबार ०३:४८ मा प्रकाशित

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। 

राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटीएम मेसिनबाट सयका नोट पनि वितरण गर्न थालेका छन्। 

यही असोज १ गतेदेखि नै राष्ट्र बैंकको थापाथली, राष्ट्र बैंकका प्रादेशिक कार्यालय र वाणिज्य बैंकबाट सुकिला र सफा नोट दिने काम भइरहेको बताइएको छ।