थ्री स्टार हाइड्रोपावरको आइपिओ खुल्यो

न्युजलय ५ असार २०८०, मङ्गलबार ०६:११ मा प्रकाशित

 काठमाडौँ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपिओ बिक्री खुला भएको छ । कम्पनीले मङ्गलवार (आज) बाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । ६ लाख १३ हजार १६२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

असार ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने असार १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको मा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, कर्मचारी र सामूहिक लगानी कोष बिक्री गरेर बाँकी रहेको कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।