बढ्यो सुनको भाउ

न्युजलय २९ साउन २०७९, आइतबार ०६:०३ मा प्रकाशित

काठमाडौँ । आइतबार(आज) सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ ।   

गत शुक्रबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज आइतबार भने ९७ हजार ८०० रुपैयाँ पर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, तेजावी सुनलाई आज प्रतितोला ९७ हजार ३०० रुपैयाँ पर्नेछ । यसअघि तेजावी सुनको भाउ तोलामा ९६ हजार ८०० रुपैयाँ रहेको थियो । 

यता, चाँदीको भाउसमेत २५ रुपैयाँ बढेर एक हजार २५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।