पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा जारी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को अध्यक्षमा सन्तवीर लामा चयन भएका छन्।
दोस्रो प्रादेशिक अधिवेशनले लामाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा राजेन्द्र दुष्ट र अप्सरा समाल मगर तथा महासचिवमा सुसन राईलाई चयन गरेको छ । सचिवमा सन्देश सुब्बा र प्रदीप चौधरी तथा कोषाध्यक्ष प्रेम देवान चयन भएका छन् । लेखा समिति संयोजक महेन्द्र मादेन रहेका छन् भने अनुशासन समिति संयोजकमा वीरु पापो लिम्बु चयन भएका छन् ।