पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

न्युजलय १९ असार २०८३, शुक्रबार ०२:४९ मा प्रकाशित

काठमाडौं । पश्चिमी पाकिस्तानमा शुक्रबार यात्रुबहाक बस दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको छ।

क्वेटाबाट पेशावर जाँदै गरेको यात्रु वहाक बस सडकबाट २० मिटर तल खोलामा खस्दा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

क्वेटाबाट पेशावर जाँदै गरेको यात्रु वहाक बस पाहाडी दाना सार क्षेत्रको गहिरो खोलामा खस्दा ४० जनाको मृत्यु भएको र अन्य ११ जना घाइते भएको पुष्टि भएको बताइएको छ ।

दुर्गम पाहाडी क्षेत्रमा दुर्घटना भएको कारण उद्धारमा कठिनाइहरूको सामना गर्नुपरेको बताइएको छ ।

बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तका मुख्यमन्त्रीका प्रवक्ता शाहिद रिन्दले बस प्रान्तीय राजधानी क्वेटाबाट उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको पेशावर सहरतर्फ गइरहेको अवस्थामा दुर्घटनामा परेको पुष्टि गरे।

दुर्घटनाको सुचना पाएपछि दुवै प्रान्तका उद्धार टोली घटनास्थलमा तैनाथ रहेको उनले बताए।