काठमाडौं । गएरातिको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ ।
सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा उपप्रमुख सरिता सिंहको भूकम्पले मृत्यु भएको हो ।
जाजरकोट आसपासलाई केन्द्र बनाएर गएको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ३७ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ ।