काठमाडौं । माल्टालाई हराउँदै इटालीले युरो छनोटमा पहिलो जित निकालेको छ। पहिलो खेलमा इङ्ल्याण्डसँग पराजित इटालीले दोस्रो खेलमा माल्टामाथि २–० को सहज जित निकालेको हो।
इटालीको जितमा मातेओ रेटेगुई र मातेओ पेसिनाले १–१ गोल गरे।
बिहीबार इङ्ल्यान्डसँग २–१ ले पराजित भएको इटाली यो जितसँगै समूह सीमा ३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।
यही समूहको अर्को खेलमा युक्रेनलाई २–० गोल अन्तरले हराएको इङ्ल्याण्ड ६ अंकसहित शीर्षस्थानमा कायमै छ।