आजदेखि यू–१५ महिला साफ

न्युजलय १५ कार्तिक २०७९, मङ्गलबार ०४:०७ मा प्रकाशित

काठमाण्डौ । बंगलादेशमा आयोजना हुने यू–१५ महिला साफ च्याम्पियनसिप मंगलबार(आज) बाट ढाकामा सुरु हुँदै छ । 

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली ढाका पुगिसकेको छ । नेपालले बिहीबार भुटानसँग खेल्दै प्रतियोगिताको सुरु गर्नेछ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती रानामगरले उपाधिका लागि तयार भएको प्रतिक्रिया दिएकी छिन् । 

नेपालले प्रतियोगिताका लागि एक महिना तयारी गरेको उनले बताइन् । मुख्य प्रशिक्षक मगरले नेपाली खेलाडीले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलिरहेको बताइन् ।