रोनाल्डोलाई क्लबबाट निकाल्ने युनाइटेडको तयारी

न्युजलय ३ मङ्सिर २०७९, शनिवार ०१:४१ मा प्रकाशित

काठमाडौँ । इंलिश फुटबल क्लब म्यान्चेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई क्लबबाट निकाल्ने प्रक्रिया सुरु गरेको छ ।


बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तर्वार्तामा क्लबबारे निकै विवादास्पद बयान दिएपछि रोनाल्डोलाई क्लबलबाट निकाल्ने प्रक्रिया सुरु गरिएको हो ।


बेलायती अखबार डेली मेलका अनुसार क्लबले उनको सम्झौता रद्द गर्ने विषयमा कानून व्यवसायीहरुसँग छलफल गरेको छ । उक्त अखबारका अनुसार रोनाल्डोलाई निकाल्ने विषयमा क्लबले प्रारम्भीक प्रक्रिया अघि बढाइसकेको छ ।


सम्झौताअनुसार रोनाल्डोले क्लबबाट हरेक साता ५ लाख पाउण्ड पाउँदै आएका छन् ।