काठमाडौँ। बिहीबार नेप्से झिनो अंकले घटेर बन्द भएको छ। आजको नेप्से ०.९३ अंकले घटेर २५६०.१५ विन्दुमा रोकिएको छ।
आज सेयर बजारमा १३८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११२ कम्पनीको सेयर मूल्य बढेको छ। त्यस्तै ६ कम्पनीका सेयर मूल्य स्थिर रहे। आज १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य घटेको छ भने ६ वटाको बढेर कारोबार भएको छ।
पसिूचक घटेको दिन कारोबार रकममा भने केही सुधार भएको छ। अघिल्लो दिन तीन अर्बमा सीमित रहेको कारोबार आज भने चार अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ रुपैयाँको कारोबार भयो। आज सेयर बजारमा ३२८ कम्पनीका एक करोड चार लाख ४९ हजार २९६ कित्ता सेयर ६६ हजार ७९ पटक खरिद बिक्री भए।