एजेन्सी । बालोन डी’ओर अवार्ड अब क्यालेन्डर वर्षमा नभई एक सिजनको प्रदर्शनका आधारमा मूल्याङ्कन गरिने भएको छ । निर्णायकहरूको सङ्ख्या पनि घटाउने निर्णय गरेको छ ।
विश्वका सर्वोत्कृष्ट पुरुष र महिला फुटबलरलाई दिइने यो अवार्ड छान्नका लागि पुरुषका लागि १ सय ७० र महिलाका लागि ५० जना निर्णायक राख्ने निर्णय गरिएको छ ।
सन् २०२१ मा बालोन डीुओर विजेताको रूपमा पेरिस सेन्ट जर्मेन स्ट्राइकर लियोनल मेस्सीको छनोट भएपछि आलोचना भएको थियो । विश्वभरबाट बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की उक्त सम्मानको असली हकदार भएको आवाज उठेको थियो ।
मेस्सीले कीर्तिमानी सातौँ पटक प्रख्यात ट्रफी जितेका थिए । तर दोस्रो स्थानमा रहेका लेवान्डोस्कीले २०२०–२१ सिजनमा ४१ बुन्डेसलिगा गोल गरेका थिए किनभने उनले बायर्नलाई लगातार नवौँ लिग उपाधि जिताउन मद्दत गरेका थिए।