नेपाल टी-२० प्रतियोगिता डिसेम्बरमा हुने

न्युजलय १२ असोज २०७९, बुधबार ०१:२३ मा प्रकाशित

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल टी-२० प्रतियोगिता डिसेम्बरमा हुने भएको छ ।

 

क्यानले नेपाल टी-२० डिसेम्बर १२ देखि शुरु हुने र फाइनल दिसेमब्र ३१ मा हुने गरी आइसीसीले स्वीकृति दिएको जानकारी दिएको छ ।  


यसअघि सेप्टेम्बर २४ देखि हुने भनिएको प्रतियोगिता सुरक्षाको कारण देखाउँदै स्थगित भएको थियो ।


क्यानले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी-२० मा काठमाडौँ गोर्खाज, पोखरा एभेन्जर्स, बिराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाइटेड गरि ६ टिमले भाग लिदैछन् ।