एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को पूर्वी प्रान्त इटुरीमा इबोला महामारी तीव्र रूपमा फैलिएको छ । गत मे १५ मा महामारी घोषणा गरिएयता यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या १३६ पुगेको छ ।
हालसम्म ५४३ जनामा संक्रमणको आशंका गरिएको छ । तीमध्ये ३२ जनामा प्रयोगशाला परीक्षणमार्फत संक्रमण पुष्टि भइसकेको छ ।
विश्व स्वास्थ्य संगठनका अधिकारी एडेलहेड मार्सचाङ आन्सियाकाअनुसार हालसम्म यस प्रकोपको सुरुवाती बिरामीको पहिचान हुन सकेको छैन । भाइरसको नमुना परीक्षण गर्दा यो ‘बुन्डिबुग्यो’ प्रजाति भएको पाइएको छ ।