एक खेल अगाबै भारतले जित्यो टी-ट्वान्टी सिरिज

न्युजलय २२ साउन २०७९, आइतबार ०१:२३ मा प्रकाशित

काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज भारतले जितेको छ ।

 

शनिबार राति भएको चौथो खेलमा घरेलु टोलीलाई ५९ रनले पराजित गर्दै भारतले सिरिज एक खेल अगाबै ३-१ ले जितेको हो ।

 

भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५ बल अगाबै १ सय ३२ रनमा अलआउट भयो ।


त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

 

दुई टोलीबीचको पाँचौं तथा अन्तिम टी-ट्वान्टी आइतबार हुनेछ ।