आशा भोसलेको आज अन्त्येष्टि गरिँदै

न्युजलय ३० चैत २०८२, सोमबार ११:३१ मा प्रकाशित

काठमाडौँ । प्रसिद्ध गायिका आशा भोसलेको आइतबार ९२ वर्षको उमेरमा निधन भएको छ। उनको अन्त्येष्टि सोमबार मुम्बईको शिवाजी पार्कमा पूर्ण राजकीय सम्मानका साथ गरिनेछ।

उनको अन्तिम संस्कार दिउँसो ४ बजे गरिनेछ। आशा भोसलेलाई शनिबार साँझ हृदयघात भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। यसपछि उनको आइतबार मृत्यु भएको हो।