राति खाना नखाई सुत्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । भोक लागेर राति निन्द्रा नलाग्ने, मांसपेशी कमजोर हुनेलगाएत समस्या देखिन सक्छन् ।
– कोही–कोही सोच्छन्, राति खाना नखाई सुत्दा वजन घट्छ । यो सोचाई गलत हो । खाना नखाँदा जति भोक लाग्छ, त्यति नै बढी खाना खाइन्छ । जसले गर्दा वजन घट्ने होइन, बढ्छ ।
– कतिलाई लाग्छ राति भोजन ग्रहण गर्न आवश्यक छैन, सुत्दा उर्जा चाहिदैन । तर, शरीरलाई २४ सै घण्टा उर्जाको आवश्यकता हुन्छ ,। शरीरले जतिखेर पनि क्यालोरी खपत गरिरहेको हुन्छ । राति भोकै सुत्दा पर्याप्त निद्रा लाग्दैन । राम्ररी सुत्न नपाउँदा शरीरमा उर्जाको स्तर कम हुन्छ ।
– खाली पेट सुत्दा भोलीपल्ट विहान उठ्ने वितिक्कै मुड ठीक हुँदैन । झसङ्ग रिस उठ्ने हुन्छ । त्यसैले राति खाना खाएर मात्र सुत्नुपर्छ ।
– खाना नखाई सुत्ने बानीले स्वास्थ्यमा नकारात्मक असर पार्नसक्छ । हल्का फुल्का केही खाएर भएपनि सुत्नुपर्छ ।