पोल्यान्डमा एक नेपालीको मृत्यु

न्युजलय २५ साउन २०८२, शनिवार ०५:५८ मा प्रकाशित

काठमाडौँ । युरोपेली मुलुक पोल्यान्डमा एक नेपालीको मृत्यु भएको छ।

नेपालमा काभ्रे बनेपा घर भएका ३३ वर्षीय कृष्ण बजगाईंको उपचारको क्रममा रिजनल अस्पताल कोअब्जेगमा मृत्यु भएको हो।

एक्कासी पेट दुखेर कृष्णलाई गत जुन २७ मा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। लगभग डेढ महिनाको उपचार पछि ७ तारिख  उनको अस्पतालमा मृत्यु भएको बताइएको छ । 

रोजगारीको सिलसिलामा कृष्ण सन् २०१६ मा पोल्यान्ड आएका थिए। पोल्यान्डको राजधानी वारसाबाट ५६१ किलोमिटर टाढा रहेको उस्त्रोनी मोर्स्की सहरमा उनी श्रीमती अञ्जु गौतमका साथमा बस्थे।

अहिले उनको शव रिजनल अस्पताल कोअब्जेग शवगृहमा राखिएको र आवश्यक कानुनी प्रकृया पूरा गरी नेपाल पठाइने बताइएको छ।