काठमाडौँ । मंगलबार(आज) पनि सेयर बजारमा गिरावट आएको छ ।
कारोबार सुरु भएदेखि नै घटेको बजार १२ः ३० बजेसम्म ७२.९ अंकले घटेको हो । यसअघि हिजो सोमबार बजार बन्द हुँदा ६९ अंकले घटेको थियो ।
आज साढे १२ बजेसम्म १७७ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मात्रै बढेको छ । साढे १ घण्टासम्म कुल १ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।