२०७८ साल मङ्सिर १३ गते सोमबार

विना कार्ड एटिएमबाट रकम झिक्न सकिने

न्युजलय १८ कार्तिक २०७८, बिहिबार ०३:०४ मा प्रकाशित

काठमाडौँ । एनआईसी एसिया बैंकले एटीएमबाट कार्डविनै नगद रकम झिक्न सकिने सुविधा सुरु गरेको छ । मोबाइल बैंकिङ्ग एप प्रयोग गरी यस्तो सुविधा लिन सकिन्छ ।

बैंकमा खाता खोली मोबाइल बैंकिङ सेवा लिएका ग्राहकहरूले देशभर रहेका ४७३ वटा एटीएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले एपभित्र रहेको कार्डलेस विथड्रल आइकनमा ट्याप गरेर त्यसभित्र आफूले निकाल्न चाहेको रकम उल्लेख गरेर ट्रान्जाक्सन पिन वा फिंगर प्रिन्ट राखेर भेरिफाइ गरेपश्चात् आफ्नो बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा ओटीपी प्राप्त हुनेछ। ग्राहकले आफूलाई प्राप्त सोही ओटीपी एटीएमको स्क्रीनमा रहेको कार्डलेस ट्रान्जाक्सनभित्र गई आफूले निकाल्न चाहेको रकम पुनः उल्लेख गरी विथड्रल आइकनमा थिचेपश्चात् इच्छाएको नगद रकम प्राप्त हुने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।