काठमाडौँ । नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि एक अमेरिकी डलरका लागि १२८.११ रुपैयाँ तिर्नुपर्ने भएको छ । ०७८ असार मसान्तको तुलनामा ०७९ असार २७ मा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७ प्रतिशतले अवमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ ।
पछिल्ला दिनमा हरेक दिन अमेरिकी डलरको विनियम दर बढिरहेकाले नेपाली मुद्राको भाउ घटिरहेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३.२२ प्रतिशतले अधिमूल्यन भएको थियो ।