काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आजदेखि नेपाल टी २० लिग क्रिकेट प्रतियोगिता सुरु हुँदै छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुन लागेको प्रतियोगितामा ६ वटा टिमले प्रतिस्पर्धा गर्दैछन् ।
पहिलो संस्करणको उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने छ ।
आजै अर्को खेल पनि हुने तय भएको छ ।
उद्घाटन खेल आज बिहान सवा ९ बजेदेखि सुरु हुने छ भने दोस्रो खेल लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेडबीच हुने छ ।
दोस्रो खेल सवा १ बजेदेखि सुरु हुने जनाइएको छ ।