कोभिड १९ विरुद्धको बुस्टर डोज खोप लगाउनेको संख्या ‘अत्यन्तै न्यून’

न्युजलय ६ पुस २०७९, बुधबार ०५:५१ मा प्रकाशित

काठमाडौं । नेपालमा कोभिड १९ विरुद्धको बुस्टर डोज खोप लगाउनेको संख्या अत्यन्तै न्यून रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार हालसम्म पाँच करोड ६९ हजार ८२ हजार ३८० जनाले कोभिड १९ विरुद्धको दुई डोज खोप लगाएका छन् । यो कूल जनसंख्याको ८२.२ प्रतिशत हो ।

 

तीमध्ये ३७.९ प्रतिशतले मात्रै बुस्टर डोज खोप लिएको र यो संख्या अत्यन्तै न्यून भएको मन्त्रालयका प्रवक्ता डा. सञ्जय कुमार ठाकुर बताउँछन् ।


कोभिड १९ को जोखिम कायमै रहेकाले दोस्रो डोज लिएको तीन महिनापछि आफ्नै स्थानीय तहका स्वास्थ्य केन्द्रहरूमा गएर बुस्टर डोज लिन मन्त्रालयले अनुरोध गर्दै आएको छ ।