इलाम । इलामको सन्दकपुर –२, गोरुवाले भञ्ज्याङस्थित सडकमा इलामबाट पाँचथरतर्फ लोक्ताको लोड बोकेर जाँदैगरेको प्रदेश १–०२–००३–त ३४०२ नं को ट्याक्टर सडकबाट दुर्घटना भएको छ।
प्रहरीका अनुसार ट्याक्टरमा सवार पाँचथर फिदिम नपा–१४ का अन्दाजी ३३–३४ वर्षे सोम राईको घटनास्थलमा मृत्यु भएको हो। सोही ट्याक्टरमा सवार फिदिम १३ का अन्दाजी ४५ वर्षे टंक तामाङ र त्यही ठेगानाका अन्दाजी ४० वर्षे युद्धकुमार राई घाइते भएका छन्।
ट्याक्टर चालक संखुवासभा मकालु गाउॅपालिका–३ का २३ वर्षे बिकुल पराजुली तत्काल फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।