कारोबारको पहिलो घण्टामै नेप्से ७४.३१ अंकले बढ्यो

न्युजलय ९ कार्तिक २०७८, मङ्गलबार १२:५३ मा प्रकाशित

 काठमाडौं । मंगलबार(आज) नेपाल स्टक एक्सेन्च (नेप्से) मा उछाल आएको छ ।

कारोबार सुरु भएको एक घण्टामै नेप्से परिसुचक ७४.३१ अंकले उकालो लागेर २७४६.५७ को बिन्दुमा पुगेको छ ।  १२ बजे सम्म शेयर बजार २.७८ प्रतिशतले बढेको हो । 

सो अवधीसम्म कारोबारमा आएका २०७ कम्पनीको ३५ लाख २३ हजार २४ कित्ता शेयर २३ हजार ७९७ पटकको कारोबारमा १ अर्ब ९८ करोड ८ लाख बराबरको शेयर कारोबार भएको छ । 

कारोबारमा आएका कम्पनीमध्ये १७६ कम्पनीको शेयरमुल्य बढेको छ भने ४ कम्पनीको शेयरमुल्य घटेको छ  । २ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।