२०७८ साल कार्तिक ७ गते अाईतबार

मासुको विषयमा विवाद हुँदा बुवाले गरे छोराको हत्या

न्युजलय २७ असोज २०७८, बुधबार ०७:५० मा प्रकाशित
काठमाडौं । सल्यानमा बुवाले आफ्नै छोराको हत्या गरेका छन् ।

बनगाड कुपिण्डे नगरपालिका–१० माझकाडामा ५५ वर्षीय बुवा निमबहादुर कुँवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कुँवरको हत्या गरेका हुन् । 

बुधबार दसैंको मासुको विषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा करिब राति १० बजे तिर हँसियाको प्रयोग गरेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ ।