एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपः नेपालको विजयी सुरुवात

न्युजलय ३ असार २०७९, शुक्रबार ०६:०७ मा प्रकाशित

काठमाडौं । नेपालले शुक्रबार एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिपमा भुटानलाई ५० रनले पराजित गरेको छ । योसँगै नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेको छ । 

मलेसियाको बांगीस्थित यूएसडी–यूकेएम ओभलमा कप्तान रुबिना क्षेत्रीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएकी थिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो ।  नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोड्दा इन्दु बर्माले २० रन जोडिन ।  कप्तान रुबिना क्षेत्रीले २१ रन जोडे भने डोली भट्टले ५ रन बनाए ।

बलिङतर्फ भुटानकी सोनम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी छेकीले ११ विकेट लिए ।