काठमाडौ । क्रिकेट एशोसिएसन नेपाल (क्यान) ले अनुशासन उल्लंघनको आरोपमा राष्ट्रिय टिमका कप्तान र उपकप्तानसहित चार जना क्रिकेटरहरुलाई कारवाही गरेको छ ।
क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई कप्तान र उपकप्तानबाट हटाएको छ । यी दुई जनासँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई क्यानले २०२२ को ६ महिनाको सेन्ट्रल कन्ट्रय्याक्ट नदिने निर्णय गरेको छ ।
योसँगै सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिइएको छ ।