डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाइ इन्धनको बढ्यो

न्युजलय १९ बैशाख २०८१, बुधबार १२:३५ मा प्रकाशित

काठमाण्डौ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।  डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।


निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर एक रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाएको छ ।


पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ ।