बढ्यो सुनको मुल्य

न्युजलय ११ कार्तिक २०७८, बिहिबार ११:२६ मा प्रकाशित

काठमाडौँ । बिहीबार(आज) सुन तोलामा ४०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आज ४०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको हो ।

आज तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । आज  चाँदीको मूल्य स्थिर छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । बुधबार पनि सोही मूल्य कायम भएको थियो ।