२०२२ मा कोरोना महामारीमाथि विजयी प्राप्त गर्नेमा आशावादी छौँ : डब्लुएचओ

न्युजलय १७ पुस २०७८, शनिवार ०२:४८ मा प्रकाशित

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा.टेडरोज आध्यनोम गेब्रेयेसोसले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजय प्राप्त गर्नेमा आशावादी रहेको बताएका छन् ।


कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलिन नदिनका लागि विश्वभरका देशहरुले सहकार्य गर्नु पर्ने डब्लुएचओले बताएको छ ।


डब्लुएचओ प्रमुख डा.गेब्रेयेसोसले नयाँ वर्ष २०२२ को शुभकामना सन्देशमा ‘साँघुरो राष्ट्रवाद र खोप सञ्चय’ लाई लिएर चेतावनी दिएका छन् ।


दुई वर्षे पहिले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी त्यसयता विश्वभर फैलिएको छ । अहिले विश्वभर संक्रमितको संख्या २८७ मिलियन पुगेको छ । कोभिड–१९ का कारण ५५ लाख मानिसको ज्यान गएको छ ।